ई–आर्थिक, काठमाडौं । कास्की–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विद्या भट्टराई विजयी भएकी छिन् ।
प्रतिनिधिसभाको उक्त उपनिर्वाचन भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याइन भने नेपाली काँग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याए । भट्टराईले पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले हराउँदै विजयी भएकी हुन् ।
७१ हजार ८ सय ७१ मतदाता रहेको कास्कीको सो निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।
बागलुङमा बाम गठबन्धनका खीमविक्रम विजयी

त्यसैगरी बागलुङ–२ (ख) प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेद्वार खीमविक्रम शाही विजयी भएका छन् । बामगठवन्धनका उमेदवार उनी राष्ट्रिय जनमोर्चाका हुन् ।
शाहीले ११,२३५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेद्वार जीतबहादुर शेरचन ९,१३८ मत प्राप्त गरेका छन् । शाहीले निकटतम प्रतिव्दन्दी शेरचनलाई २०९७ मतान्तरले पराजीत गरेका छन् ।
प्रथम प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा–राजमो बामगठवन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११,८८४ मत ल्याएर निर्वाचित भएका थिए । त्यस निर्वाचनमा पनि नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन नै निकटतम प्रतिव्दन्दी थिए भने उनले ८,६२४ मत ल्याएका थिए ।
यस उपनिर्वाचनको मतपरिणाम अनुसार अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा राजमोका घर्तीले प्राप्त गरेको मत भन्दा ६४९ कम छ भने काँग्रेसका शेरचनले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत भन्दा ५२६ मत बढी हो ।
कुल मतदाता संख्या ३५,१८४ रहेकोमा उक्त निर्वाचनमा जम्मा २१,८९५ मतदाताले मतदान गरेका थिए ।