२०८३ साउन १२ मंगलबार

सागलाई टेलिकमको निःशुल्क फोरजी

ई आर्थिक    आइतबार, मंसिर १५ २०७६
5.3K
Shares
सागलाई टेलिकमको निःशुल्क फोरजी

ई–आर्थिक, काठमाडौं । नेपाल टेलिकम मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुनगइरहेको दक्षिण एशियाका सात मुलुकहरुले भाग लिने १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीले १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ ।

काठमाडौ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन् ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । यसका लागि ११६६ कजयचत अयमभ मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबद्र्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ ।

नेपाल टेलिकमले खेलमा सहभागी सम्पूर्ण खेलाडी तथा पाहुनाहरुलाई सुस्वास्थ्यको कामना गर्दै खेलकोे ऐतिहासिक सफलताको शुभकामना समेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij