२०८३ साउन १२ मंगलबार

नक्कली हस्ताक्षर गरी बैंकबाट लाखौं रकम निकाल्ने सक्कली गिरोह पक्राउ

ई आर्थिक    बुधबार, मंसिर ११ २०७६
3.4K
Shares
नक्कली हस्ताक्षर गरी बैंकबाट लाखौं रकम निकाल्ने सक्कली गिरोह पक्राउ

ई–आर्थिक, काठमाडौं । बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर, टेकुले विभिन्न बैंकमा खाता खोली हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेको जनाएको छ।

जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट मंसिर ८ गते १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइल मेशेज आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले राष्ट्र बैंक र सम्बन्धित बैंकसँग छलफल गरी अनुसन्धानलाई अगाडि बढाएको थियो।

अनुसन्धनका क्रममा किर्ते गरी रकम निकाल्दै गरेको अवस्थामा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेहरुको साथबाट विभिन्न बैंकहरुको चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआइसी एसिया बैंकको भिसा कार्ड, करिब ३ सय जनाको नागरिकताको फोटोकपी तथा हस्ताक्षरका नक्कलहरु र १८ लाख ५० हजार रुपैयाँ बरामद भएको सुवेदीले बताए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घरभई काठमाडौं कालिमाटिमा बस्ने वर्ष १९ को सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ्, वर्ष १८ को मनिष घिमिरे, बर्ष २१ को अन्जन बराल, बागलुङ गलकोट नगरपालिका घर भई काठमाडौं बुद्धनगर बस्ने वर्ष २५ को सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौंको सुविधानगर बस्ने वर्ष ३० को गोविन्द घिमिरे रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij