ई–आर्थिक, काठमाडौं । सर्वोच्च अदालतले पूर्वपक्षका लागि थुनामा रहेका पूर्व बैंकर अजय श्रेष्ठलाई आइतबार एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंक ऋण दूरुपयोगको आरोपमा पाटन उच्च अदालतले थुनामा राख्न दिएको आदेशलाई खारेज गरेर सर्वोच्चले यस्तो आदेश दिएको हो ।
थुनामा रहेका श्रेष्ठको मिसिल अध्ययनपछि सबोच्चको यस्तो आदेश आएको हो । सबोच्चका न्यायाधिसहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएकाले अब धरौटी बुझाएर उनी छुट्ने छन् । उनीसँगै किरणकुमार वोहोरा पनि एक करोड धरौटीमा रिहा सर्बोच्चले आदेश दिएको छ ।
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोप लागेको थियो । यस आरोपको सुनुवाई गर्दै उच्च अदालत पाटनले उनलाई पूर्वपक्षमा थुनामा पठाउने निर्णय गरेको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ को ब्यवस्था अनुसार उच्च अदालतको आदेश बिरुद्ध उनले सर्बोच्चमा अपिल गरेका थिए।