२०८३ साउन ११ सोमबार

पक्रेर विप्लव समूह सिध्याउने सरकारको रणनीति सफलतातिर

ई आर्थिक    आइतबार, मंसिर ८ २०७६
13.8K
Shares
पक्रेर विप्लव समूह सिध्याउने सरकारको रणनीति सफलतातिर

ई–आर्थिक, काठमाडौं । पक्रेर बिप्लव समूह सिध्याउने सरकारी रणनीति तत्काललाई सफलताउन्मुख देखिएको छ । सरकारलाई असहयोग गर्दै जनस्तरमा बद्नाम गराएर आफ्नो संगठन बिस्तारको नीति अख्तियार गरेको प्रतिबन्धित नेकपा बिप्लप समूहलाई सरकारले पनि पक्राउगरेरै सिध्याउने रणनीति लिएको थियो । यो नीति सफल बनाउने सरकारले ०७५ फागुन २८ देखि सो समूहको गतिविधिमा प्रतिबन्ध लगाएर धरपकड सुरु गरेपछि करिब १२ सय नेता कार्यककर्ता पक्राउ परिसकेका छन् ।

सयौंले सो समूह परित्याग पनि गरिसकेका छन् । यसले सरकार आफ्नो नीतिमा अहिले सफल नै देखिएको छ भने बिप्लप समूहलाई निकै ठूलो धक्का लागेको देखिएको छ । धमाधम पक्राउ गर्न थालेपछि चन्द समूहका अधिकांश नेता–कार्यकर्ता अहिले भूमिगत छन् । तर पनि बिभिन्न सम्पर्क सुत्र प्रयोग गरेर सरकारले उनीहरुलाई पक्राउ गरिरहेको छ । यही क्रममा आइतबार बर्दियाबाट दुई जना कार्यकर्तालाई पक्राउ परेका छन् । कालीकोट खाडाचक्रमणी नगरपालिका–२ का वर्ष २८ को रमेश विक र सन्जु चौधरीलाई बासगढीबाट प्रहरीले पक्राउ गरेको हो । विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा विक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित एक हजार १५० नेता–कार्यकर्ता पक्राउ गरेर सरकार आफ्नो लक्ष्यमा सफल हुदै गएको छ । यो बिचमा दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विक, युवा संगठन केन्द्रीय अध्यक्ष बबिल केसी, नेपाल महिला संघ ९क्रान्तिकारी० की महासचिव धीरेन्द्रा उपाध्यायलगायतका केन्द्रीय सदस्य पक्राउ परेका छन् । सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता–कार्यकता अर्को राजनीतिक दलमा समेत प्रवेश गरिरहेका छन् ।

०७६ जेठ १९ मा पोलिटब्युरो सदस्य तथा पूर्व राज्यमन्त्री पदम राई सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । प्रतिबन्धपछि ५ सय ९६ जनाले पार्टी छाडेको घोषणा गरेका छन् ।सो समूहका महासचिव चन्दसहित ५१९ जनाको नाम प्रहरीले फरार सूचीमा राखेर खोजिरहेको छ । हिंसात्मक गतिविधिमा लागेको आरोपमा देशभरका अदालतमा एक हजार ८८ मुद्दा दर्ता छन् । पक्राउ परेकामध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ८३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ ।

१३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । गतिविधिमा प्रतिबन्धपछि प्रदेश १ बाट १५०, प्रदेश २ बाट ५९, प्रदेश ३ बाट १०४, गण्डकी प्रदेशबाट २१७, प्रदेश ५ बाट २२४, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट १३८ र उपत्यकाबाट १७१ जना नेता–कार्यकर्ता पक्राउ परिसकेको प्रहरी स्रोतले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले चन्द समूहबाट एम–१६, एसएमजी, एलएमजी, एसएलआरसहित ४१ थान शक्तिशाली हतियार र एक हजार २५६ राउण्ड गोली बरामद गरेको जनाएको छ । केन्द्रीयस्तरका नेताहरू पक्राउ पर्न थालेपछि महासचिव चन्दले स्थायी समिति र पोलिटब्युरो नै भङ्ग गरेका छन् । त्यसको ठाउँमा पछिल्लो पटक ५ सदस्यीय सचिवालय र ३५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । यसरी धमाधम कार्यकर्ता प्रक्राउ पर्न थालेपछि गत कात्तिक २९ गते विज्ञप्ति जारी गर्दै चन्दले आफ्नो पार्टीमाथि धरपकड नगर्न प्रहरी र सशस्त्रलाई चेतावनी दिएका थिए । माओबादीले १० बर्षसम्म चलाएको सशस्त्र युद्धताका आफ्ना नेता कार्यकर्ता पक्राउ गर्ने सुरक्षाकर्मीलाई यस्तै चेतावानी दिइने गरिन्थ्यो । बिप्लबले यही मानसिकता दोहो¥याएका छन् । प्रहरीमाथि मनोर्बज्ञानिक त्रास उत्पन्न गराएर धरपकड कम गर्ने रणनीतिमा उनी देखिन्छन् । यद्यपि यो रणनीतिले काम गर्ने अबस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij