२०८३ साउन १० आइतबार

अध्यक्ष पन्त र परराष्ट्र मन्त्री ज्ञवालीबीच भेटवार्ता

ई आर्थिक    शनिबार, मंसिर ७ २०७६
4.7K
Shares
अध्यक्ष पन्त र परराष्ट्र मन्त्री ज्ञवालीबीच भेटवार्ता

१० अर्ब लगानी भित्र्याउने अभियानमा सहजिकरण गरिदिन ध्यानाकर्षण

ई–आर्थिक, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग ९२०७६/८/५० भेटवार्ता गरेको छ । भेटका क्रममा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे जानकारी गराउनुभएको थियो । विशेषगरी अध्यक्ष पन्तले नेपालको पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु १० अर्बको लगानी भित्र्याउने अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा नेपाल राष्ट्र बैंकका तर्फबाट पनि योगदान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको जानकारी गराउनुहुँदै त्यसका लागि समेत पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

यस्तै संसदमा विचराधिन गैरआवासीय नागरिकता सम्बन्धी विषयमा पनि अध्यक्ष पन्तले ध्यानाकर्षण गराउनुभएको थियो । भेटका क्रममा गत् अक्टोवरमा सम्पन्न भएको विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशन बारे जानकारी गराउँदै अध्यक्ष पन्तले अब छिट्टै दोश्रो एनआरएन विश्व ज्ञान सीप सम्मेलन आयोजना गर्ने जानकारी गराउनुभएको थियो ।

अध्यक्ष पन्तले आफ्ना कुरा राखिसकेपछि जवाफमा माननीय मन्त्रीज्यूले संघले गर्दै आएका गतिविधीप्रति सरकार सकारात्मक रहेको भन्दै बताउनुभयो । संघले उठाएका विषयहरुमा नेपाल सरकार सकारात्मक भएको र यी विषयहरुलाई संबोधन गर्न सम्बन्धित निकायहरुमा पहल गर्ने आश्वासन मन्त्री ज्ञवालीले दिनुभयो ।
दोश्रो विश्व विज्ञ सम्मेलनबारे विशेष चासो व्यक्त गर्दै उहाँले पहिलो विश्व विज्ञ सम्मेलन मौलिक र स्तरीय भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । त्यसबाट आफू निकै प्रभावित पनि भएको उहाँको भनाई थियो । मन्त्री ज्ञवालीले दोस्रो सम्मेलनका लागि सहकार्य गर्न सरकार तयार रहेको बताउँदै त्यसको तयारीमा जुट्न आग्रह समेत गर्नुभयो ।

एनआरएनएको निर्वाचन अनलाइन प्रणालीमा लैजाने सम्बन्धमा सकारात्मक हुँदै उहाँले विगतका जस्ता समस्या कम हुने विश्वास व्यक्त गर्नुभयो ।

परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेटघाट

यसैबीच संघका अध्यक्ष पन्तले परराष्ट्र सचिव शंकरदास बैरागीसँग पनि भेटघाट गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष पन्तले वर्तमान समसामायिक सरोकारका विषयहरु बारे जानकारी गराउनुभएको थियो ।
सचिव वैरागीले समेत संघले गरेका गतिविधी सरकारले निकै सकारात्मक रुपमा लिएको र आगामी दिनमा सहकार्य गर्दै अघि बढ्नेमा विश्वस्त गराउनुभयो ।

दुवै भेटघाट कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुन श्रेष्ठ, प्रवक्ता डिबि क्षेत्री, सल्लाहकार रामेश्वर शाह, मध्य पूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी लगायत सचिवलायका सिइओ हेमन्त दवाडी लगायत प्रतिनिधीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij