२०८३ साउन ११ सोमबार

उपसभामुख शिवमायालाई राष्ट्रपति र प्रधानमन्त्रीको ‘तथास्तु’

ई आर्थिक    शुक्रबार, मंसिर ६ २०७६
14.1K
Shares
उपसभामुख शिवमायालाई राष्ट्रपति र प्रधानमन्त्रीको ‘तथास्तु’

रोशन राउत, काठमाडौं । गएको मंसिर ३ गते उपसभामुख डा. शिवमाया तुम्बाहम्फेलाई प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न भने । तर तुम्बाहाम्फेले अध्यक्ष तथा प्रधानमन्त्रीको उक्त आग्रहलाई अस्वीकार गरिन । यो समाचार सनसनीपूर्ण ढंगले फैलियो । यसअघि नयाँ सभामुख चयनका लागि निकास दिन आफू तयार रहेको बताएकी शिवमायाले एक हप्ता नबित्दै किन बोली फेरिन ? किन केपी ओलीजस्तो शक्तिशाली प्रम र पार्टी अध्यक्षलाई टेरिनन् ? शिबमाया कतिबेलासम्म आफ्नो अडानमा रहन सक्लिन ? अब सभामुख चयन प्रक्रिया कसरी अघि बढ्ला जस्ता कुरा राष्ट्रिय राजनीतिमा चर्चाको बिषय बने ।

मन्त्री परिषद पुनर्गठन हुदा महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्री थममायाको ठाउँमा शिवमायालाई नियुक्ती गरेर सभामुख चयनको बाटो खुला गर्ने धेरैको अड्कल बाजी थियो । तर त्यो अड्कलबाजी ४ गते नै समाप्त भयो । थममाया बहिर्गमन त भइन, तर त्यहाँ शिवमाया होइन, पार्बत गुरुङ प्रबेश गरे । यसपछि शिवमायाले साँच्चै ओलीलाई टेरिनछिन, आफ्नो अडानमा दृढ भइछिन भन्ने चर्चा चृुलियो । अब धेरै दिनदेखि रिक्त सभामुख कसरी चयन हुन्छ ? किन शिवमाया सतिसाल झै उभिइन् भन्ने अहिले जताजतै जिज्ञासा देखिन्छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णवहादुर महराले राजीनामा दिएका थिए । अब संसद अधिवेशन आह्वान गर्ने समय हुन लाग्यो तर नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले मंसिर १४ को उपचुनावलगत्तै सभामुख चयन प्रक्रिया अगाडि बढाउन चाहेको छ ।

तर नेकपाले संवैधािनक व्यवस्थाका कारण अब सभामुख र उपसभामुखमध्ये एउटा मात्र पद लिनसक्नेछ । उसले सभामुख पद लिन चाहेको छ । यसका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउनुपर्छ । तर शिवमाया सभामुखको सुनिश्चितता नगरेसम्म राजीनामा नगर्ने अडानलाई झन बलियो बनाउँदै जाँदैछिन् ।

उन्को राजनीतिक पृष्ठभुमि र चालचलनले नै प्रष्ट पार्छ कि उनी यति बलियो बनेर अडान लिने ब्यक्ति नभई सामान्य राजनीतिज्ञ हुन । फेरि पार्टी अध्यक्ष र तथा अहिलेको दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री ओलीसमक्ष टकराब लिन सक्ने उनको सामथ्र्य त कल्पना बाहिरको कुरा नै हुन्छ । एक बौद्धिक र उपसभामुख जस्तो उच्च गरिमामय पदमा पुगेकी राजनीतिज्ञलाई आफ्नो भाबी राजनीतिक यात्राको योजना र चिन्ता नहुने कुरै भएन । सिंगो पार्टी र ओलीलाई अप्ठ्यारो पार्ने उनको एकल वा ब्यक्तिगत अडान भएको भए न उनको भाबी राजनीति अघि बढ्छ न, उपसभामुखमा बहाल नै रहिरहन सक्छिन् । तै पनि उन्लाई त्यस्तो शक्ति कसरी प्राप्त भयो त ? सबैको चासो यही हो ।

एक हप्ताअघिसम्म अहिलेसम्म राजीनामा दिनुपर्छ भनेर पार्टीका नेताहरु कसैले पनि नभनेको र भनेमा ‘निकासका लागि तयार रहेको बताउने शिवमायाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्नुका पछाडि कुटिल राजनीतिक चालबाजी छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाले चिन्तित रहेका प्रधानमन्त्री ओली तथा पूर्ब एमाले नेताहरु सभामुख पूर्बएमाले नै होस भन्ने चाहना राख्छन् । सभामुख पूर्बमाओबादीका महरा हुदा सरकार तथा आफूले चाहेको अध्यादेश टेबल नगरेर निकै अफ्ठ्यारो अबस्थाको सामना गर्नु परेको कुरा ओलीले बिर्सने कुरै भएन । उनले महरा पक्राउपछि दिएको एक दैनिकको अन्तरबार्तामा नै आफू निकट सभामुख नहुदा खेप्नु परेको तनाब सार्बजनिकरुपमै भनेका छन् । मनमौजी कार्यपालिका सन्चालनको ईच्छा राखेका ओलीलाई ब्यबस्थापिका प्रमुख आफ्नो ईसारामा चल्ने नहुदा जतिबेला पनि नियन्त्रण गर्न सक्ने राम्रोसँग बुझेका छन् । राष्ट्रपति जस्तो सल्लाहमा चल्ने सभामुखको खोजीमा रहेका ओलीलाई अहिले सुनौलो अबसर आएको छ, जो कुनै मूल्यमा चुकाउन चाहदैनन् । उनलाई संबैधानिक ब्यबस्थाले एकदमै अनुकूल बाताबरण सिर्जना गरिदिएको छ ।

यहाँ स्मरणीय के छ भने प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन त्यतिकै तयार भएका होइनन् । समकालीन नेपाली राजनीतिमा चाणक्य जस्ता कुटिल चाल रच्न माहिर देखिएका ओलीले कार्यकारी अध्यक्ष भन्ने शब्दावली प्रचार गराएर एक तीरले दुई शिकार गरेका छन् । पहिलो, उन्ले आलोपालो प्रधानमन्त्रीको सम्झौता बिस्थापित गरिदिएका छन् भने दोस्रो सभामुख पदमा पूर्बमाओबादी दाबी गर्ने प्रचण्डको अडानलाई अत्यन्तै फितलो बनाई दिएका छन् ।

प्रचण्डको दाबीलाई पुरै निस्तेज पार्नैका लागि ओलीले शिवमाया कार्ड खेलिरहेका छन् । पूर्बमाओबादीका नेता सभामुख हुनुभन्दा शिवमाया सभामुख हुनु प्रम ओलीका लागि सोह्ै आना अनुकुल हुन्छ । उनी सभामुख बनेमा ब्यबस्थापिका पनि ओली नै प्रमुख भए  सरह हुने छ । प्रम ओलीकै योजना मुताबिक संसदको गतिबिधि अघि बढ्ने छ । बिगत लामो समयदेखि राष्ट्रपति बिद्या भण्डारीसँग निकट शिवमाया ओली गुटको बिस्वासिलो नेत्तृ हुन । यस खेलमा राष्ट्रपति भण्डारीको पनि उक्तिकै योगदान रहेको बताउने कमी छैैनन् । किनभने उपसभामुख राष्ट्रपति भण्डारीको प्रस्ताबमा ओलीले बनाएका हुन । शिवमायालाई राष्ट्रपति भण्डारीले निकै माया र बिस्वास गर्ने पात्र भएको पूर्बएमालेजन सबैमा प्रष्ट भएको कुरा हो । यसरी ढुक्क भएकी उपसभामुख तुम्बाहम्फेले सभामुखले गर्ने विधेयक प्रमाणीकरणको काम गर्नका लागि परामर्श पनि थालेकी छन् ।

सभामुख नभएको अवस्थामा सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्नका लागि उनले परामर्श पनि गरिन । विधेयक प्रमाणीकरणका सन्दर्भमा भने राजनीतिक दल र विज्ञहरुसँग परामर्श लिएरमात्र अघि बढ्ने उनले बताएकी छन् ।

संविधान, प्रतिनिधिसभा नियमावलीलगायत ऐन कानुन हेरेरमात्र विधेयक प्रमाणित गर्ने उपसभामुख तुम्बाहम्फेलाई राम्रोसँग ज्ञान पनि छ ।

सभामुख नभएको अवस्थामा सभामुखले गर्ने काम गर्न उपसभामुखलाई संविधान र कानुनले नरोक्ने बताएर पूर्बसभामुख तथा नेता सुवास नेम्वाङले सहयोग गरिरहेका छन् ।

यसरी बाहिर उपसभामुख शिवमायाको अडान पार्टी र प्रधानमन्त्री ओलीको ईच्छा बिपरित जस्तो प्रचार गरिए पनि सबै यो योजनाबद्ध चालबाजी हो । शिबमाया सभामुख भएपछि कार्यपालिका प्रमुख ओलीको शक्ति अझ बढेर जाने छ । परिस्थितिले कुनै पल्टा नखाएमा अबको सभामुख शिबमाया नै हुन । यदि उनी नहुदा पनि पूर्बएमाले नेता नै सभामुख बन्ने कुरा चाहि करिब–करिब निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij