२०८३ साउन ९ शनिबार

हिमालय एयरलाइन्सकोे चाङ्सा उडान शुरु

ई आर्थिक    शुक्रबार, मंसिर ६ २०७६
5K
Shares
हिमालय एयरलाइन्सकोे चाङ्सा उडान शुरु

ई–आर्थिक, काठमाडौं । हिमालय एयरलाइन्सद्वारा चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ । नेपालीको (निजी लगानी) र चीनको संयुक्त लगानी रहेको हिमालयले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चाङ्सा हुवानगुआ अन्तरर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान भरेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको यो एयरलाइन्सको हुनान दोस्रो गन्तव्य हो । यसअघि गत कात्तिक १० गते चीनको बेइजिङस्थित डाक्सी इन्टरनेशनल एयरपोर्टमा हिमालयले पहिलो उडान शुरु गरेको थियो । चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहरमध्येको एक मानिन्छ । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै सो प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

एअरलाइन्सले सातामा एक दिन (बुधबार) काठमाडौँबाट चाङ्सा उडान गर्ने र सोही दिन काठमाडौँ फर्कने गरी तालिका सार्वजनिक गरेको छ । चीनमा नयाँ–नयाँ गन्तव्य विस्तारको योजनानुसार चाङ्सा उडान शुरु भएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । कम्पनीका अध्यक्ष जोउ इन्योङले चीनमा कम्पनीको उपस्थिति व्यापक बनाउने योजना रहेको बताए ।

काठमाडौँ–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने विश्वास एअरलाइन्सले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij