२०८३ साउन १२ मंगलबार

ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

ई आर्थिक    बिहिबार, मंसिर ५ २०७६
3.4K
Shares
ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

ई–आर्थिक, काठमाडौं । मन्त्री हुँदा जनमुखी काम गरेर चर्चामा आउने गरेका निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट मन्त्रीबाट बाहिरिदा पनि चर्चामा आएका छन् ।

मन्त्रीमण्डल पुनर्गठन पछि मन्त्रीबाट बाहिरिएका बिष्ट सिंहदरबारबाट घर फर्कने क्रममा गुडिरहेको ट्याक्सी चढे पछि उनी पुनः चर्चामा आएका हुन ।

बिहीबार नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन सिंहदरबार पुगेका विष्ट ट्याक्सी चढेर घर फर्किएका थिए ।

उनी नवनियुक्त श्रममन्त्री यादवलाई बधाई तथा शुभकामना दिएर सिंहदरबारको दक्षिण गेटसम्म पैदल नै आएका थिए । त्यहाँबाट गुडिरहेको ट्याक्सी रोकेर आफ्नो घर सामाखुशीतर्फ लागेका थिए ।

निवर्तमान मन्त्री विष्टले मन्त्री हुँदा लिएको सुविधाको सरकारी गाडी बिहीबार बिहानै फिर्ता गरेका थिए । बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दा ऐतिहासिक काम गर्ने मन्त्री विष्ट भने बर्खास्त भएका थिए ।

मन्त्रीबाट बाहिरिएपछि उनले भावुक सन्देश सहितको अन्तिम पत्रकार सम्मेलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij