ई–आर्थिक, काठमाडौं : मारुती सिमेन्टले एनएस क्वालिटी अवार्ड २०१९ प्राप्त गरेको छ। यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणको लागि एनएस र आईएसओ ९००१ः२०१५ र क्लिंकर क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस र आईएसओ १४००१ः२०१५ प्राप्त गरेको थियो ।
यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आवद्ध सम्पूर्ण सहकर्मीलाई भएका कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले जानकारी दिए । ‘कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौं’ उनले भने– ‘आगामी दिनमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौं ।’
आजभन्दा एक दशकअघि नेपाली सिमेन्ट जगतमा मारुती सिमेन्ट ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपिसी सिमेन्टको रुपमा मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।