ई–आर्थिक, काठमाडौं । सनफ्लो सनफ्लावर तेल क्याम्पेनको ‘सनफ्लो हिराको हार उपहार’ योजना अन्तर्गतको उपहार प्रदान गरिएको छ ।
पोखरामा आयोजित एक समारोहका बीच के.एल. दुगड समूहका मार्केटिङ म्यानेजर उपेन्द्र सिग्देलले पोखराका दीपकबहादुर थापालाई हिराको हार उपहार प्रदान गरेका थिए ।
के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको थियो । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । यो अफरको नारा ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ रहेको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् ।
एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्नुहुन कम्पनीका मार्केटिङ म्यानेजर उपेन्द्र सिग्देलले आग्रह गरेको छन् ।