२०८३ साउन १० आइतबार

नेपाल क्लियरिङ्ग हाउसको आठौं वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    बुधबार, कार्तिक २७ २०७६
4.1K
Shares
नेपाल क्लियरिङ्ग हाउसको आठौं वार्षिक साधारणसभा सम्पन्न

आ.व. २०७५/७६मा एनसीएचएल–ईसीसीमार्फत कुल ११,७५५,०७२ चेक राफसाफ

ई–आर्थिक, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी रु. २९.८ करोड पु¥याउने निर्णय गरेको छ ।

साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५/७६ मा कम्पनीले खुद नाफा रु. २३७,७३५,७८६ गरेको छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

आ.व. २०७५/७६मा एनसीएचएल–ईसीसीमार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीाबाट (एनसीएचएल–आईपीएस) बाट ४,९३१,९५० तथा कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो । कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु इन्डाइरेक्ट टेक्निकल मेम्वरको रुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक १० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु ८० प्रतिशत र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालि १० प्रतिशत सेयर संरचनाद्वारा प्रवद्र्धित कम्पनी हो । यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij