२०८३ साउन ९ शनिबार

एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा स्थानान्तरण

ई आर्थिक    सोमबार, कार्तिक २५ २०७६
6.9K
Shares
एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा स्थानान्तरण

ई–आर्थिक, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको छ । लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट हुने भएको कम्पनीले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको यस सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।

आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्ये नजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै लैजाने जानकारी दिएको छ ।

कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको पुतलिसडक, काठमाडौं, लगनखेल, ललितपुर, चिप्लेढुङ्गा, पोखरा, बीरगंज, विराटनगर र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध गराईरहेकोमा यस शाखाबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु सहित सम्पूर्ण सेवाहरु प्रदान गरिने हुनाले ग्राहकहरुलाई थप सहज हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij