२०८३ साउन १० आइतबार

भन्सार महशुल दरले सुनको मूल्य एकै दिन ११ सयले बढ्यो

ई आर्थिक    आइतबार, कार्तिक २४ २०७६
6.8K
Shares
भन्सार महशुल दरले सुनको मूल्य एकै दिन ११ सयले बढ्यो

ई–आर्थिक, काठमाडौं । भन्सार महसुलदर बढेसँगै सुनको मूल्य एकै दिन ह्वात्तै बढेको छ । साताको पहिलो दिन आइतबारदेखि सुनको मुल्य पनि ११ सयले बढेको छ । ५० ग्राम सुन ल्याउदा ८ हजार ७०० रुपैयाँ पर्ने भएको छ । यस अघि सोही परिणाममा सुन ल्याउदा ७ हजार २०० सय रुपैयाँ रहेको थियो । शुक्रबार एकैदिन प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः तोलामा ११ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार चाँदी ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij