पाकिस्तानी पत्रिका डनका अनुसार नवौं संयुक्त सहयोग समितिकको बैठकमा ग्वादर स्मार्ट सिटी गुरुयोजनालाई मञ्जुरी दिइएको छ। दुवै देशका प्रतिनिधिले स्वास्थ्य र वाणिज्य सम्बद्ध दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन्।
यसै क्रममा ३९२ किलोमीटर लामो मुल्तान–सुक्कुर सडकको उद्घाटन गरिएको छ। उक्त सडक निर्माणका लागि चीनले २ खर्ब ९४ अर्ब पाकिस्तानी रुपैयाँ सहयोग गरेको छ। बैठकमा पाकिस्तानका योजनामन्त्री मखदूम खुसरो बख्तियार र चीनका राष्ट्रिय विकास एवं पुनःसंरचना आयोगका उपाध्यक्ष निङ चिच सहभागी थिए।
बैठकमा इरान र अफगानिस्तानसँगको सीमा जोडिएको क्षेत्रमा भौतिक संरचना बनाउने पनि सहमति भएको छ। पाकिस्तानी योजनामन्त्री बख्तियारले उक्त निर्माण सन् २०२० सम्म पूरा हुने जानकारी दिए। बख्तियारले उक्त निर्माण नहुँदासम्म सेनाले पाकिस्तानको सुरक्षा गर्न कठिन भएको बताउँदै आएको छ।
एजेन्सी