२०८३ साउन १० आइतबार

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेसल’मा स्नेहा राउतलाई अवसर

ई आर्थिक    बुधबार, कार्तिक २० २०७६
29.3K
Shares
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेसल’मा स्नेहा राउतलाई अवसर

ई–आर्थिक, काठमाडौं । सिंगापुरमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेसनल २०१९’ मा स्नेहा राउत थापालेलाई अवसर मिलेको छ ।

मिसेस इन्टरनेसनलकी विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिए पछि स्नेहालाई अवसर प्राप्त भएको हो । स्नेहा मिसेस नेपाल इन्टरनेसनलकी सेकेन्ड रनर्स अप हुन् ।

भविषाले यस वर्ष उनी सहभागी हुन नसक्ने भएपछि स्नेहालाई नेपालबाट सहभागी प्रतिनिधित्व गर्ने भएकी हुन् ।

रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफूल नेपाल २०१८ की विजेता संगीता न्यौपानेलाई सो प्रतियोगिताअन्तरगतको एमएस इन्टरनेसनलमा नेपालका तर्पmबाट प्रतिनिधित्व गराइएको छ । प्रतियोगितामा सहभागी हुन स्नेहा र संगीता गत बिहीबार नै सिंगापुर पुगिसकेका छन् । उनीहरू कोरियोग्राफर अश्विनी झा र मिसेस नेपालका इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका हुन् ।

दुबै विजेतालाई सो अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न कोरियोग्राफर अश्विनी झालगायत विभिन्न विधाका विज्ञहरूले विविध प्रशिक्षण दिएका छन् । आयोजक निशु झाका अनुसार प्रतियोगिताका विभिन्न चरण शुक्रबारदेखि सुरु भइसकेको छ भने आगामी नोभेम्बर ९ तारिखसम्म चल्नेछ । प्रतियोगिताको अन्तिम स्पर्धा भने नोभेम्बर ८ तारिखका दिन सिंगापुरको अर्किड कन्ट्री क्लबमा हुनेछ । प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरूलाई सिंगापुरका साथमा मलेसिया र इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराइनेछ ।

अघिल्लो वर्षकी मिसेस नेपाल इन्टरनेसनलकी विजेता चन्दा थापा गिरीले सिंगापुरमै आयोजित मिसेस इन्टरनेसनलमा मिसेस एसिया प्यासफिक इन्टरनेसनलको उपाधि चुमेकी थिइन् । सिंगापुरको आर्केड कन्ट्री क्लबमा सम्पन्न मिसेस इन्टरनेसनलमा गिरीले पे्रmन्डली इन्टरनेसन उपाधि पनि चुमेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij