२०८३ साउन १० आइतबार

टिभीएस एनटर्क : ‘सधैं तपाईको साथमा’ अभियानमा

ई आर्थिक    बुधबार, कार्तिक २० २०७६
4.2K
Shares
टिभीएस एनटर्क : ‘सधैं तपाईको साथमा’ अभियानमा

ई–आर्थिक, काठमाडौं : टिभीएस स्कुटरको नेपालका लागि अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणलाई सहज बनाउन मद्दत गरेको छ । यो पहल सप्तमी र अष्ठमी गरेर दुई दिनसम्म जारी रहेको थियो ।

टिभीएस एनटर्कका स्वयमंसेवकहरु उपत्यकाकै अत्यन्त भीडभाड हुने मन्दिर गुहेश्वरी र भद्रकालीमा छरिएर सयौंको संख्यामा रहेका वृद्धवृद्धा र बच्चा बोकेका महिलाहरु दर्शनाथीहरुको स्थानमा गएर उनीहरुको पालोका लागि लाईनमा बसेर सहयोग गरिरहेका थिए ।

भक्तजनहरुले टिभीएस एनटर्कको स्टलमा विश्राम गरे र यसैबीचमा स्वयमंसेवकहरु उनीहरुका लागि लाईनमा बसिदिए । स्वयमंसेवक बाहेक थुप्रै युवाहरुले टिभीएस एनटर्कको महान कार्यमा हात बढाए । यो पहलको मुख्य उद्देश्य वृद्धवृद्धाहरुको मन्दिर भ्रमणलाई सहज बनाउनु रहेको थियो । यो अभियानको साथ टिभीएस एनटर्क ‘सधैं तपाईको साथमा’ भन्ने सिद्धान्तमा अटल कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij