२०८३ साउन १० आइतबार

नेपाल र यूरोपियन यूनियन बीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड

ई आर्थिक    बुधबार, कार्तिक २० २०७६
8.1K
Shares
नेपाल र यूरोपियन यूनियन बीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग लागि महामहिम नेपाली राजदूत लोक बहादुर थापा बीच चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।

सो कार्यक्रममा राजदूत थापाले आफूले ति मुलुक र नेपाल बीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकोले चेम्बरको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटमा थापालले आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा युरोपियन युनियनका लागि समेत राजदूत थापाले युरोपियन युनियनले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईबीए) अन्तर्गत नेपाल जस्तो अल्पविकसित मुलकबाट विना भन्सार निर्यात गर्ने अवसरको प्रचुरतम फाइदा नेपाले लिनको लागि आफ्नो तर्फबाट प्रबद्र्धन कार्यमा रहने कटीबद्ध रहेको र व्यवसायिक समुदायले समेत उत्पादनदेखि निकासी बजार तहसम्म वस्तु विकास र निकासीमा जोड दिनुपर्ने बताए । साथै लगानी सुरक्षित गर्न ईयूका सदस्य राष्ट्रहरुसँग विप्पा र दोहोरो कर उन्मुक्ति सम्झौता क्रमशः तीब्रताका साथ गर्दै जानु पर्नेमा समेत उनले सो अवसरमा जोड दिए ।

सो कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले विशेषगरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताए ।

सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक÷व्यापारिक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, एफ डी आई आकर्षण, ईयुका लगानीकर्तासँग नेपालका लगानीकर्ता बीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न युरोपियन युनियनका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफी निर्यातको लागि त्यहाका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन प्रबद्र्धन राजदूत थापाको भूमिका महत्वपूर्ण रहने बताए । खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले नेदरल्याण्ड र बेल्जियमबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उनले बताए ।

लगानी सम्मेलन र एकद्वार प्रणाली पछि सम्भावना र संख्या बढेको छ । चेम्बरमा प्राप्त पछिल्लो तथ्यांक अनुसार सन् २०१८ मा नेदरल्याण्डसँग १,५८,५५,८२६ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा नेदरल्याण्डबाट गत वर्ष सन् २०१८ मा १,९७,४४,२२८ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट नेदरल्याण्डमा गत वर्ष सन् २०१८ मा ३९,१८,४०२ अमेरिकी डलर बराबर निर्यात भएको नेपाल चेम्वर अफ कमर्सले जानकारी दिएको छ ।
सन् २०१८ मा बेल्जियमसँग १,८०,७५,५०८ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ भने नेपालमा बेल्यिमबाट गत वर्ष सन् २०१८ मा २,०७,१५,८५५ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट बेल्जियमा सन् २०१८ मा २६,४०,३४७ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

सन् २०१८ मा लक्जम्बर्गसँग ४,४६,०७३ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । भने नेपालमा लक्जम्बर्गबाट गत वर्ष सन् २०१८ मा ४६,३२३ अमेरिकी डलर बराबर आयात भएको छ । भने नेपालबाट लक्जम्बर्गमा सन् २०१८ मा १७,१५८ अमेरिकी डलर बराबर निर्यात भएको चेम्बरको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij