२०८३ साउन १२ मंगलबार

एनआरएनए विश्व सम्मेलन सुरू, नेपालमा लगानी गर्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आह्वान

ई आर्थिक    मंगलबार, असोज २८ २०७६
4.3K
Shares
एनआरएनए विश्व सम्मेलन सुरू, नेपालमा लगानी गर्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आह्वान

डा. उपेन्द्र महतोद्वारा सम्मेलन बहिष्कार

ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपालमा लगानी गर्न आह्वान गरेकी छिन् । आज (मंगलबार)बाट काठमाडौंमा सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त आव्हान गरेकी हुन ।

कार्यक्रममा उनले व्यक्तिगत तथा सामूहिक लगानी समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी हुन् । गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण भएको उनले बताइन ।
नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रमहरु समृद्ध नेपालः सुःखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित रहेको पनि उनले सो कार्यक्रममा बताइन् ।

नेपालमा विकसित हुँदै गईरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई हार्दिक आह्वान गरेकी छिन् । गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि उनले स्मरण गराइन ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गरे । उनले गैरआवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै गैरआवासीय नेपाली परिचय पत्र वितरण गर्ने पनि जानकारी दिए ।

आजदेखि सुरू भएको तीन दिने सो विश्व सम्मेलनमा सहभागी हुन ८१ मुलुकका २५ सय भन्दा बढि प्रतिनिधिहरु काठमाडौंमा जम्मा भएका छन् । यो सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

डा. उपेन्द्र महतोद्वारा सम्मेलन बहिष्कार

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनमा चरम राजनीतिकरण भएको भन्दै डा. उपेन्द्र महतोले सम्मेलन बहिष्कार गरेका छन् । उनी एनआरएनएका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक हुन्।

संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण गर्दै भातृ संगठन जस्तो बनाउन खोजिएको भन्दै महतोले असन्तुष्टि व्यक्त गर्दै सम्मेलन बहिष्कार गरेका हुन ।

‘राजनीतिक गर्नुहुन्न चुनाव लड्नु हुन्न भनेर मैले भनेको छैन’ महतोले भने,– ‘एनआरएनलाई विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठनलाई कुनै पार्टीको भातृ संगठन जस्तो नबनाउ ।’ एनआरएनएलाई राजनीतिक प्यानल नबनाई यसैकै रूपमा अघि बढाउन पर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij