ई–आर्थिक, काठमाडौं : नेपाली बजारमा सुनको भाउ घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेर सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको छ ।
आइतबार सुन तोलाको ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यसैगरी चाँदीको मूल्य भने आज ८४५ रुपैयाँमा कारोबार भइरहेको छ।