२०८३ साउन १२ मंगलबार

नयाँ वित्तीय उपकरण ‘मार्जिन कारोवार’ सुविधा कार्यान्वयनमा

ई आर्थिक    बिहिबार, असोज १६ २०७६
4.7K
Shares
नयाँ वित्तीय उपकरण ‘मार्जिन कारोवार’ सुविधा कार्यान्वयनमा

ई–आर्थिक, काठमाडौं । नयाँ वित्तीय उपकरण मार्जिन कारोबार सुविधा कार्यन्वयमा आएको छ । धितोपत्रको दोस्रो बजार मार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा ‘मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४’ अनुरुप यो सुविधा कार्यन्वयनमा ल्याइएको हो ।

नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) बाट तयार गरिएको कार्यविधिलाई स्वीकृति दिनुको साथै मार्जिन कारोवारमा धितोपत्र दलाल र ग्राहकको समझदारीमा ऋणको व्याजदर हुने व्यवस्था गर्नुको साथै मार्जिन कारोबार सुविधा संचालनका लागि छुट्टै हितग्राही खाताको व्यवस्था समेत भैसकेको परिप्रेक्ष्यमा मार्जिन कारोवार सुविधा शीघ्र संचालन गर्न हालै निर्देशन दिएको थियो ।

यसरी नयाँ वित्तीय उपकरण मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन बोर्डबाट भएका पहल स्वरुप मिति असोज १४, २०७६ मा एक धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधाको कार्यान्वयन गरेको छ । अव लगानीकर्ताहरुले दोस्रो बजार मार्फत शेयर खरिद गर्न तोकिएको धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न सक्ने छन् ।

हालसम्म नेप्सेबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोवारको लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरिसकिएकोमा अन्य धितोपत्र दलाल व्यवसायीहरुले समेत सर्वसाधारण लगानीकर्तालाई मार्जिन कारोवार सुविधा चाडै उपलब्ध गराउनुपर्ने देखिन्छ ।

यसरी शेयर खरिद बिक्री गर्न एकद्वार प्रणालीमार्फत सवै सुविधा उवलब्ध गराउने बोर्डको नीति÷निर्देशन अनुरुप नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोवार धितोपत्र बजारमा प्रवेश गराई धितोपत्र दलाल व्यवसायीको कार्य क्षेत्र समेत विस्तार भएको छ ।

बोर्डको प्रयास पश्चात कार्यान्वयनमा ल्याइएको मार्जिन कारोवार सुविधाले लगानीकर्ताको हित संरक्षण गर्न तथा दोस्रो बजार कारोवारमा तरलता अभिबृद्धि गरी बजारलाई थप चलायमान गराउने बोर्डको अपेक्षा रहेको छ । साथै मार्जिन कारोवार सुविधा कार्यान्यन गर्न सहयोग पुर्याउने सम्बद्ध सवै पक्षहरुलाई बोर्ड धन्यबाद दिन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij