२०८३ साउन ९ शनिबार

पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक बीच भेटी संकलनमा सहकार्य

ई आर्थिक    मंगलबार, असोज १४ २०७६
8.3K
Shares
पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक बीच भेटी संकलनमा सहकार्य

ई–आर्थिक, काठमाडौं । पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक बीच भेटी संकलनमा सहकार्य हुने भएको छ । यस सहकार्य अनुसार भगवान् श्री पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेको देवी देवतालाई भतmजन तथा तीर्थयात्रीद्वारा चन्दाहरु दानपत्र वा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु दानपत्र वा भेटीपत्रमा चढाईएको रकम बैंकिङ्ग प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गर्ने कार्यको सुरूवात भएको छ । यसरी चढाइने भेटी रकम बैंकमार्फत गर्दा सुव्यवस्थापन हुने विश्वास गरिएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ ।

यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषसंग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ । पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्राहलय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जिर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफार्ईमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

बैंकले १० लाख भन्दा बढी ग्राहकलाइ ८२ शाखा, १२० एटीएम ,१५एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना सेवा पु¥याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकासन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij