२०८३ साउन ९ शनिबार

सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस सूचिकृत

ई आर्थिक    शुक्रबार, असोज १० २०७६
6.7K
Shares
सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस सूचिकृत

ई–आर्थिक, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको ८६ प्रतिशत बोनस सूचिकृत भएको छ ।

कम्पनकिो २०७६/०३/१३ मा सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजी रू. ५३,८२,९१,९०० को ८६ प्रतिशत रु. ४६,२९,३१,००० बराबरको ४६,२९,३१० कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

कम्पनीको २२ औं साधारण सभाले उक्त बोनस शेयरमा लाग्ने लाभांश कर शेयरधनी स्वयंले ब्यहोर्नु पर्ने निर्णय गरे अनुसार लाभांश कर दाखिला गर्ने शेयरधनीहरुको शेयर मात्र डिम्याट खातामा जाने भएको हँुदा उक्त लाभांश कर दाखिला गर्न बाँकी शेयरधनीहरुलाई थयाशिघ्र लाभांश कर दाखिला गर्न कम्पनीले शेयरधनीहरुमा अनुरोध गरेको जानकारी दिएको छ ।

साथै लाभांशकर दाखिला गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर नगएको भए कम्पनीको शेयर रजिष्ट्रार ग्लोवल आईएमइ क्यापिटलमा सम्पर्क राख्नुहुन समेत कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij