ई–आर्थिक, काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीज को १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभाले अध्यक्षमा रमेश महर्जन सर्बसम्मत चयन गरेको छ । संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री राज्य मन्त्री धनबहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले विशिष्ठ सदस्यमा राजेश काजी श्रेष्ठ, उपाध्यक्ष बिजय श्रेष्ठ, सचिव रामराजा आचार्य, कोषाध्यक्ष डा. हरिश जोशीलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः अनुजमणि तिमल्सिना, युगेश भक्त बादे श्रेष्ठ, मनिषराज भण्डारी, दिपक महर्जन, शिवकुमार अग्रवाल, बिध्या सागर ताम्राकार, विधाता श्रेष्ठ, सुधिर प्रधानाङ्ग, राजेश शाक्य, रिजु महर्जन, भिक्षु सागर धम्म र नबिन महर्जन रहनु भएको संघले जनाएको छ ।
कार्यक्रममा नेपालका लागि श्रीलंका राजदूत स्वर्ण परेराको समेत उपस्थिति रहेको थियो । परेराको ३ बर्षे कार्यकाल नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीजको इतिहासमा सवर्ण रहेको र उनलाई यस संघको संरक्षकको रुपमा राखिएको अध्यक्ष रमेश महर्जनले बताए । सो अवसरमा राजदूत परेराको योगदानको चर्चा गर्दै सम्मानसंगै बिदाइ कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र श्रीलंका बिचको ब्यापार त्यति सोचे अनुसार नभएकोले कसरी व्यापार अभिवृद्धि गर्न सकिन्छ त्यतातर्फ लाग्न ब्यवसायीलाई आग्रह गरेका छन् ।
बर्षको ७० हजार श्रीलंकन पर्यटक नेपालको लुम्बिनी भ्रमण आए पनि उनीहरुको बसाई अबधि लम्ब्याउन नसक्दा त्यसको फाइदा छिमेकी मुलुकले लिएको बताए उनले बताए । त्यस्तै नेपाल र श्रीलंकाबिच सिधा हवाई उडान हुनुपर्ने त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । राजदूत परेराले दुबै देशको व्यापार अभिवृद्धि का लागि सहयोग गर्न आफू सधैं लागि पर्ने वताए ।