ई–आर्थिक, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘लखपति एक्स्प्रेस २०७६, न यति न उति सिधै लखपति’ उपहार योजना घोषणा गरेको छ।
महान चाँड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न उक्त योजना ल्याएको मनी ट्रान्सफरले जानकारी दिएको छ । यो योजना लगातार ९० दिनसम्म चल्ने भएको छ ।
यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २०० को मोबाइल टप अप जित्न सक्नेछन्।
त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई १ लाख उपहार प्रदान गरिने छ।
उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख जित्न सक्नेछन्। कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ।
कम्पनीका अनुसार यो ‘लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति’ अफर असोज १ गतेदेखि मंसिर ३० गते सम्म लागू हुनेछ।
यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ।
यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनैपनि व्यक्तिलाई लागु हुनेछैन।