ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्ति पछि एकीकृत कारोबार सुरु गरेको छ । बैंकले एक समारोह बीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले एकीकृत कारोबारको शुभारम्भ गरेका थिए ।
बैंकका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बित्तिय संस्थाका संचालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले बिभिन्न बित्तिय संस्थाहरुलाई मर्जर/प्राप्ति समेत गरी आफ्नो पूँजी बढाउने योजना अन्र्तगत कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको बैंकले जानकारी दिएको छ ।
यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु. ९.६८ अर्ब पुगेको छ भने निक्षेप रु. ८८.०३ अर्ब तथा कर्जा ८०.२८अर्ब पुगेको छ । प्राप्ति पश्चातका बैंकको कुल शाखा संख्या ९५ पुगेको बैंक नायब महाप्रवन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले जानकारी दिएको छ ।