२०८३ साउन ९ शनिबार

सामाजिक सुरक्षा कोषमा सूचिकरण ढिलाई नगर्न मन्त्री विष्टको आग्रह

ई आर्थिक    आइतबार, भाद्र २९ २०७६
6.2K
Shares
सामाजिक सुरक्षा कोषमा सूचिकरण ढिलाई नगर्न मन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निजी विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौँको आयोजनामा राजधानीमा आयोजित विद्यालय, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले सरकारले सहज ढङ्गले वातावरण निर्माण गरेकाले जतिसक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न आग्रह गरेका हुन् ।

“फेरि कतैबाट कठिनाइ उत्पन्न भयो भने सरकारको काम कानूनको पालना गराउने नै हो, नियम सङ्गत भएको छ की छैन, बैंक खातामार्फत भुक्तानी भएको छ की छैन, त्यो माग्नु सरकारको कर्तव्य हो, सरकार त्यसतर्फ प्रवेश गर्न नपरोस् ।” उनले भने । उनले एकाध सञ्चारमाध्यममा सामाजिक सुरक्षा योजनामा जानुनपर्ने गरी लेख पढेकाले त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै मन्त्री विष्टले भने “कानूनको पालनालाई चुनौती दिने गरी यस्ता लेख आए भने सबैभन्दा पहिला त्यही ठाउँ मै ध्यानाकर्षित गर्ने छौँ, सकेसम्म त्यहाँसम्म पुग्न बाध्य नबनाइयोस् ।”

विद्यालयको स्वस्थ्य विकासका लागि र विद्यालयको जनशक्तिको मर्यादित जीवन तथा आत्मसम्मान र उत्पादकत्व वृद्धिका लागि कार्यक्रम आएकाले गम्भीर भएर कार्यान्वयनमा ल्याउन उहाँले विद्यालय सञ्चालकलाई आग्रह गरे। प्याब्सन पदाधिकारीले मन्त्रालयमा पुगेर कठिनाइ राखेपछि सरकारको तर्फबाट उहाँहरुको सुझावलाई सम्मान गरेर ‘आधारभूत पारिश्रमिक’मा सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी व्यावहारिक समाधान सरकारले खोजेको उनले प्रस्ट पारे ।सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरण गर्न असोज मसान्तसम्मको समय सीमा तोकेको हुँदा विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुवात गर्दा केही कठिनाइ हुने उल्लेख गरेका छन् । युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको जानकारी दिए ।

शिक्षा मन्त्रालयले तोकेअनुसारको न्यूनतम तलब दिए नदिएकोृ बैंक खाताबाट भुक्तानी गरे नगरेको विषयमा विद्यालयलाई पत्र काट्न लागेको बेला प्याब्सनका पदाधिकारीको आग्रहमा तत्काल रोकेको जानकारी गराउँदै मन्त्री विष्टले भने, “सरकारको अभियानलाई धेरै खिल्ली उडाउने काम भयो भने सरकारको ध्यान जबरजस्त आकर्षित हुने खतरा हुन्छ, त्यतातर्फ जान बाध्य नबनाउनुहोस् ।”

मन्त्री विष्टले शिक्षा नीतिको टुङ्गो लगाउत उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समिति बनेकाले गम्भीरता साथ मनन गरेर यसको निकास निकालिने जानकारी गराए ।

उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मान
प्याप्सन काठमाडौंले एसइई परीक्षामा सर्वोत्कृष्ट ल्याउने विद्यालय, दीर्घसेवा गर्ने शिक्षक र एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । उक्त परीक्षामा सर्वोत्कृष्ट हुने रिलायन्स एकाडेमी कपन र सर्वोतृतीय हुने भ्याली भ्यू स्कुललाई आज कदरपत्रसहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा एसइईमा जिपिए ४ ल्याउने २४ विद्यालयका ३३ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

यस्तै ६५ जना शिक्षकलाई प्याब्सन दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो भने । एसइईमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयहरुलाई समेत सोही कार्यक्रममा सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij