२०८३ साउन ९ शनिबार

नबिल बैंक र इक्यानबीच बैंकिङ सेवा प्रदान गर्ने सहमति

ई आर्थिक    बुधबार, भाद्र २५ २०७६
5.3K
Shares
नबिल बैंक र इक्यानबीच बैंकिङ सेवा प्रदान गर्ने सहमति

ई–आर्थिक, काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

यो सहमतिपछि नबिल बैंकले इक्यानसँग आवद्ध सदस्य संस्था, तीनका कर्मचारी एवं विद्यार्थीका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । साथै बैंकले इकयान, सदस्य संस्थाहरु तथा विद्यार्थीलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्ने पनि संझौतामा उल्लेख छ ।

उक्त सम्झौता पत्रमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्धता रहेको बताए ।

इक्यानको तर्फबाट अध्यक्ष विष्णुहरि पाण्डले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्था, कर्मचारी लगायत विद्यार्थीले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरे ।
यो संझौताले दुबै पक्षलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij