२०८३ साउन ९ शनिबार

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग

ई आर्थिक    सोमबार, भाद्र २३ २०७६
5.9K
Shares
मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेशनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युम्न पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेका थिए ।

मुक्तिनाथ हालैमात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यो योजना भाद्र ०१, २०७६ देखि कात्र्तिक ३० गतेसम्म लागू हुने गरी देशैभर रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसका साथै देशैभर भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij