ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको शंखमुलमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले दीप प्रज्वलनका साथ उद्घाटन गरेका थिए । कार्यक्रममा सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए ।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारी दिदैं आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने उनले बताए । त्यस्तै बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मीका ग्राहक संख्या करिब ५ लाख रहेको छ ।