२०८३ साउन ९ शनिबार

प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    सोमबार, भाद्र २ २०७६
7.2K
Shares
प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारणसभामा जानकारी गराउनु भयो ।

आ.व. २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ ।

यसभन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij