२०८३ साउन ११ सोमबार

दुरूत्सहान पछि पत्रकार रवि लामिछानेसहित तीन जना विरूद्ध प्रहरी परिसर टेकुमा किटानी जाहेरी

ई आर्थिक    आइतबार, भाद्र १ २०७६
6.6K
Shares
दुरूत्सहान पछि पत्रकार रवि लामिछानेसहित तीन जना विरूद्ध प्रहरी परिसर टेकुमा किटानी जाहेरी

ई–आर्थिक, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका तीनजना विरूद्ध किटानी जाहेरी परेको छ ।

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका स्व. पुडासैनीको श्रीमती सम्झना पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की विरूद्ध काठमाडौं प्रहरी परिसरमा किटानी जाहेरी दिएकी हुन् ।

उनले काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएकी हुन् ।

प्रहरी परिसर टेकु स्रोतका अनुसार २२ साउनमा मृत भेटिएपछि बरामद भएको भिडियोमा नाम उल्लेख भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी दिइएको हो । पुडासैनीले हात्महत्या गर्नुअघि लामिछाने, कँडेल र अस्मिताले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । सोही आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij