ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको भक्तपुर शाखाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो । घलाते चोक टोल सुधार समिति यो यो बैंक्वेट र भक्तपुर हार्ट एन्ड डाईवेटिज सेन्टरको सहकार्यमा सम्पन्न उक्त शिविरमा सुगर, ब्लड प्रेसर, ईसीजी, किड्नीलगायतकोे चेकजाँच भएको थियो ।
बैंकले शिविरमा ज्येष्ठ नागरिकलगायत १ सय ५७ जनाले चेकजाँच गराएको जनायो ।
शिविरमा टोल सुधार समितिका प्रतिनिधिहरू, प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री महेश बस्नेत, ज्येष्ठ नागरिकलगायत बैंकका कर्मचारीको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको पनि बैंकले जानकारी दिएको छ ।