२०८३ साउन १२ मंगलबार

सिभिल बैंकको नयाँ शाखा सुनसरीको दुहबीमा

ई आर्थिक    मंगलबार, साउन २८ २०७६
6K
Shares
सिभिल बैंकको नयाँ शाखा सुनसरीको दुहबीमा

ई–आर्थिक, काठमाडौं । सिभिल बैंकले सुनसरी जिल्लाको दुहबीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । सो शाखाको उद्घाटन दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले गरेका थिए ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको यो बैंकले आफ्नो शाखा विस्तार अभियानलाई जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij