२०८३ साउन १० आइतबार

सुनमा लगानी गर्नेहरू मालामाल, नयाँ मूल्य रेकर्ड राख्दै पुग्यो तोलाको ७० हजार

ई आर्थिक    बिहिबार, साउन २३ २०७६
6.7K
Shares
सुनमा लगानी गर्नेहरू मालामाल, नयाँ मूल्य रेकर्ड राख्दै पुग्यो तोलाको ७० हजार

ई–आर्थिक, काठमाडौं । सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । आज विहीवार नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य ७० हजार पुगेको छ ।

छापावाला सुन ७० पुगेको यो नै पहिला हो । नेपालको सुन बजारमा प्रतितोला ७० हजार रुपैयाँ पुगेसँगै सुनका लगानीकर्ता मालामाल भएको छ ।

सेयर बजारमा मन्दी र जग्गाको प्लटिङ्ग रोकिए पछि सुनमा लगानी गर्नेहरू बढेका थिए । सुनमा भएको मूल्य बृद्धिसँगै लगानीकर्ताहरू यतिवेला मालामाल भएका हुन् ।

हिजो बुधवार ६९ हजार ४०० मा कारोबार भएको मूल्य आज ६ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको हो । पछिल्ला दिनमा सुनको मूल्य लगातार बढिरहेको छ ।

तेजाबी सुन भने आज प्रतितोला ६९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij