२०८३ साउन १० आइतबार

महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

ई आर्थिक    बिहिबार, साउन २३ २०७६
5.4K
Shares
महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा ठमेलमा उक्त शाखा खोलिएको बैंकले जानकारी दिएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनियतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको बैंकको भनाई छ ।

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij