ई–आर्थिक, काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले तीनवटा हस्पिटलसँग संझौता गरेको छ । बैंकले सुमेरू ग्रुपअन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल र काठमाण्डौँको धुम्बाराहिस्थित ह्याम्स अस्पतालका बीच बैंकका ग्राहकहरुलाई सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार माछापुछ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ । उक्त छुट माछापुछ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीहरुले प्राप्त गर्ने संझौता भएको हो ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघ÷संस्थाहरुसंग विभिन्न प्रकारका सेवा उपभोगमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै आएको पनि जनाएको छ ।