२०८३ साउन १२ मंगलबार

सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

ई आर्थिक    शनिबार, साउन १८ २०७६
4.5K
Shares
सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सुर्यविनायक न.पा. वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कम्प्युटर प्रदान गरेको हो ।

उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पोख्रेललाई हस्तान्तरण गरेका थिए ।

कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ सभा सदस्य शशिजंग थापा तथा विद्यालयका शिक्षक शिक्षिकाको पनि उपस्थिति रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij