२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंक र ‘सेल पे’ बीच सम्झौता

ई आर्थिक    बिहिबार, साउन १६ २०७६
10.5K
Shares
एन आई सी एशिया बैंक र ‘सेल पे’ बीच सम्झौता

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट संचालनमा आएको ‘सेल पे’ सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ ।

सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सकिने छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतासँगै सेल पे मा ग्राहकहरुले एन आई सी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा रु १००/– बराबरको मोबाइल टपअप प्राप्त गर्न सकिने भएको छ । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन । यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ ।

सेल पे सर्भिस प्रयोगसँगै ग्राहकहरुले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्नुहुनेछ जसबाट ग्राहकहरुको डिजिटल बैंकिङ्गको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३१९ एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको भनाई छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij