२०८३ साउन ९ शनिबार

उद्योगी प्रदीप कुमार श्रेष्ठलाई डीनको जिम्मेवारी

ई आर्थिक    शनिबार, साउन ११ २०७६
8.7K
Shares
उद्योगी प्रदीप कुमार श्रेष्ठलाई डीनको जिम्मेवारी

ई–आर्थिक, काठमाडौं । उद्योगी प्रदीपकुमार श्रेष्ठले डीनको जिम्मेवारी पाएका छन् । उनलाई हनररी कन्सुलर क्रोप्स नेपालको डीनको जिम्मेवारी दिइएको हो । श्रेष्ठले डीनको जिम्मेवारी १ वर्ष अवधिका लागि सम्हाल्ने छन ।

उनी नेपालका लागि दक्षिण अफ्रिकाका वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक हुन ।

श्रेष्ठले दक्षिण अफ्रिकाको वाणिज्यदूतको रुपमा विगत १६ वर्षदेखि जिम्मेवारी वहन गरिरहेका छन् । विगतमा उनले कन्फिडरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्री (क्यासी) को उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका छन् ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा रही महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका र नेपालको एक प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या ग्रुपको प्रबन्ध निर्देशकको रुपमा सफल व्यवसायी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान बनाई सकेका छन् ।

अनुभवी व्यक्तिले डीनको जिम्मेवारी सम्हाले पछि उक्त संस्थामा उनको अनुभवको भरपुर उपयोग भई संस्थाको प्रगतिमा तथा सबै मित्रराष्ट्रहरु बीचको सुमधुर सम्बन्ध र आपसी भाइचारा अभिवृद्धिमा एउटा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij