२०८३ साउन ९ शनिबार

एक्सन प्रधान ‘एकलब्य’ ६२ हलमा, मन पराए दर्शकले

ई आर्थिक    शनिबार, साउन ११ २०७६
9.7K
Shares
एक्सन प्रधान ‘एकलब्य’ ६२ हलमा, मन पराए दर्शकले

ई–आर्थिक, काठमाडौं । शुक्रबारवाट चलेको एक्सन प्रधान चलचित्र ‘एकलब्य’ लाई दर्शकले राम्रो रूचाएका छन् । हाल मुलुकका ६२ भन्दा बढी हलहरूमा यो चलचित्र हेर्न हलहरूमा घुइचो लागेको छ ।

अनमोल शर्माले निर्देशन गरेका चलचित्र एकलब्य एक्सन प्रधान रहेको छ । यो चलचित्रका निर्माता एवम् अभिनेता सोनाम थापा मगरका अनुसार फिल्मले सिँगलसँगै केही मल्टिप्लेक्स हलमा पनि पाएको छ ।

एकलब्यमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ ।

कलाकार पुष्कर राउतले चलचित्र क्षेत्रमा आफ्नो विगतको अनुभवसहित दमदार प्रस्तुति दिएका छन् ।

चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पुरानो अनुभवको आधारमा आफुले राम्रो फिल्म बनाउने कोसिस गरेको पनि शर्माले जानकारी दिए ।

निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।

यो चलचित्र हेर्दा दर्शकहरुलाई अहिलेको समसामयिक घटना हामीले हेरिरेहेका छौं महसुस हुने यसका अभिनेता सोनाम थापाले बताए । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

यो चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij