ई–आर्थिक, काठमाडौ । नेपाली मुलकी सुन्दरी प्रतिष्ठा राउत ‘तृष’ बेलायतमा हुने सौन्दर्य प्रतियोगिता उपाधी नजिक पुगेकी छिन् । फोटो हिट चरण पार गरेकी तृषा मिस इग्ल्याण्डको फाइनलमा प्रवेश गरेपछि उनी चर्चाको शिखरमा छिन् ।

२० हजार आवेदनबाट कडा प्रतिस्पर्धाको बीच उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी हुन । अहिले उनको परिचयसहितको भिडियो युट्युबमा अपलोड भएको छ ।

संखुवासभा चैनपुरमा जन्मेकी प्रतिष्ठा पेशाले भने फ्लोर प्लान आर्किटेक्ट हुन । २६ वर्षीया प्रतिष्ठा नेपाली समुदायबाट फाइनल पुग्ने एक्ली प्रतिस्पर्धी हुन् ।

फाइनल प्रतिस्पर्धामा ५४ जना सहभागि हुनेछन् । जुलाईको ३१ र अगष्टको १ तारेखमा न्यू कयासल अपन टाइनमा विजेता घोषणा गरिने भएको छ ।
