ई–आर्थिक, काठमाडौं । काठमाडौंको दरबारमार्गमा ‘म्यागनम लाउञ्ज क्लब’ खुलेको छ । उक्त लाउञ्ज क्लबमा खाने, पिउने, नाच्ने र नाचेको हेर्ने मज्जासँगै चर्चित कलाकारहरूको प्रत्यक्ष संगितको भरपुर मनोरञ्जन लिन सकिने छ । शुक्रबारदेखि पूर्ण रुपमा सञ्चालन आएको उक्त लाउञ्ज क्लबमा ‘कुटुम्ब व्याण्ड’को दमदार प्रस्तुति रहने छ ।

कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायतका लोकप्रिय संगीत कार्यक्रममा प्रस्तुत गर्नेछन् । लोपन्मुख वाद्यवादनको संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको यो ब्यान्डले सदाझै बासुरी, सारंगी, धीमे, ढोलक जस्ता बाजाहरुसहित आफ्नो प्रस्तुति दिनेछ । कार्यक्रममा सहभागीलाई नचाउन डिजे विधान, डिजे निहान, डिजे सिजन र डिजे अस्मी आउने भएकी छन् । डिजे विधान नेपालको ‘टप थ्री’ डिजेमा पर्छन । यो क्लबमा उनले पनि आफ्नो उत्कृष्ट प्रतिभालाई प्रदर्शन गर्ने भएका छन् ।

नेपालमै केही गरौं भन्ने उत्साह बोकेका तीन युवाहरू मिलेर यो म्यागनम लाउञ्ज क्लब सञ्चालनमा ल्याएका हुन । नायक किशोर खड्का, युवा व्यवसायी अनिशसिंह ठकुरी र मोडेल भाष्कर बानियाँको संयुक्त लगानीमा यो लाउञ्ज क्लब सञ्चालनमा आएको हो । म्यागनममा करिब १० करोडको हाराहारीमा लगानी रहेको सञ्चालक अनिश सिंह ठकुरीले जानकारी दिएका छन । यति ठूलो लगानी भएको यस्ता लाउञ्ज बार संभवत नेपालकै पहिलो हो ।
बढो कलात्मक र सिर्जनात्मक तबरबाट सजावट गरिएको उक्त म्यागनम मनोरञ्जनको दुनियामा देशकै नमुना र नयाँपन महशुस हुने गरी तयार गरिएको प्रबद्र्धकको दाबी छ ।

‘हामीले बढो सिर्जनशील तबरबाट नेपालकै एउटा नमुना र भरपुर मनोरञ्जन हुने गरी म्यागनमलाई तयार गरेका छौं ।’ उक्त म्यागनम लाउञ्ज क्लबका प्रबन्ध सञ्चालक किशोर खड्काले भने– ‘अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन लिन अब नेपालीहरू विदेश जानु पर्दैन ।’ मनोरञ्जनको विदेशी स्वाद म्यागनमले दिने भएकाले नेपालीहरू विदेश जान नपर्ने उनको भनाई छ । यसले मनारञ्जन शिर्षकमा नेपालबाट विदेशिन पैसा समेत रोकिने प्रबन्ध सञ्चालक खड्काले दाबी गरेका छन् । उनले भने– ‘नेपालीमात्रै होइन म्यागनममा अव विदेशीहरू समेतले भरपुर मनोरञ्जन लिनेछन् ।’ यसले विदेशी पर्यटकलाई नेपाल भित्र्याउन समेत मद्दत पु¥याउने प्रबन्ध सञ्चालक खड्काले बताए । कलाकारिता र व्यवसायलाई एकसाथ लैजाने नायक तथा लाउञ्जका प्रबन्ध सञ्चालक खड्काले जानकारी दिए ।
उक्त लाउञ्ज क्लबमा जडान गरिएको लाइट, म्युजिक र डेकेरेशनको कम्विनेशनले मनोरञ्जन पारखीहरूका लागि प्रफुल्लित र उत्साहित बनाउने सञ्चालक मोडल तथा सञ्चालक भाष्कर बाँनियाले बताए ।

आरामदायी बसाईको साथै उत्कृष्ट र स्वादिष्ट सबै प्रकारका खानाको परिकार पस्कने म्यागनममा पारिवारिक वातावरणमा पनि रमाउन सकिने छ । उक्त लाउञ्ज क्लबमा दिवा सेवामा विशेष छुटको व्यवस्था गरिएको छ ।
ग्राहकको माग र समयको आवश्यकता अनुसारको सेवा प्रदान गर्ने उक्त लाउञ्ज क्लवले भविष्यमा रात्रीकालिन सेवा लिने ग्राहकलाई घरसम्म पु¥याइदिने व्यवस्था समेत गर्ने योजना बनाएको छ । आफ्नो विशिष्ट र सर्वोत्कृष्ट सेवालाई विस्तारै पोखरालगायतका महत्वपूर्ण शहरहरूमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

यो लाउञ्ज क्लबमा भरपुर मनोरञ्जन लिनुका साथै थुप्रै सिर्जनशिलताको नमुनाहरू समेत अनुभव गर्न सकिने छ । यो लाउञ्ज क्लबले विशेषगरी मध्यम, उच्च मध्यम र उच्च वर्गलाई लक्षित गरेको छ ।
विहान ८ बजेदेखि खुल्ने उक्त लाउञ्ज क्लव राती १२ बजेसम्म सञ्चालनमा आउने सञ्चालकले जानकारी दिएका छन् ।