२०८३ साउन ९ शनिबार

एन आई सी एशिया डिबेन्चर २०८३/८४ निष्काशन

ई आर्थिक    सोमबार, साउन ६ २०७६
16.1K
Shares
एन आई सी एशिया डिबेन्चर २०८३/८४ निष्काशन

ई–आर्थिक, काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले सोमबारको दिन ‘एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ ।

ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवरमार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ ।

यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७६÷०४÷०९ देखि सर्वसाधारणको लागि विक्री खुला भई छिटोमा २०७६÷०४÷०९ तथा ढिलोमा २०७६÷०५÷०३ सम्म विक्री खुल्ला रहने छ ।

उक्त ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडबाट लो क्रेडिट रिस्क जनाउने ‘केयर एनपी ए’ ग्रेडिङ्गका साथै, इक्रा नेपाल लिमिटेडबाट ‘ए माइनस’ साथै केयर रेटिङ्गस् नेपाल लिमिटेडबाट ग्रेडिङ्ग प्रदान गरिएको छ ।
उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि हुने विश्वास बैंकले विश्वास लिएको छ ।

मुलुकको हालको दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम् प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानीको लागि विरलै प्राप्त हुने यो उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन सम्बन्धित सबैमा अनुरोध गर्दछांै ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको कुल निक्षेप करिब रू. १८१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १५१ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij