ई–आर्थिक, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आज (बुधबार) देखी बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । निष्काशन गरिएको सेयर मध्ये ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको संस्थाले जानकारी दिएको छ । ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सकिने यो सेयर अधिकतम् २ हजार कित्तासम्म भर्न पाइने व्यवस्था गरिएको छ । साधारण सेयर आवेदन दिने समय साउन ५ गते कायम गरिएको छ । सो अवधिसम्म तोकिएको आवेदन नआए साउन ३० गते सम्म भर्न पाइने व्यवस्था कम्पनीले गरेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
यस संस्थाको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने संस्थाले जानकारी दिएको छ । यो साधारण सेयर बिक्रीपछि संस्थाको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्ने भएको छ ।