ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमति पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्सका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहक महानुभावहरुले यस बैंकका मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बीमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।