२०८३ भाद्र ३० मंगलबार

कुवेतमा आगलागीमा परेर तीन नेपालीको मृत्यु

ई आर्थिक    आइतबार, असार २९ २०७६
5.1K
Shares
कुवेतमा आगलागीमा परेर तीन नेपालीको मृत्यु

ई–आर्थिक, काठमाडौं । कुवेतमा अप्रावासी बस्ने एक अपार्टमेन्टमा आगलागी भएको छ । उक्त आगलागीमा परी तीन नेपालीको मृत्यु भएको छ । आप्रवासी बस्ने अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको हो ।

उक्त आगलागीमा मृत्यु हुनेमा विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । बैठा सर्लाहीका हुन भने कामी र दर्जीको ठेगाना खुलेको छैन ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार, आगलागीमा परेर केही घाइते भएका छन् । तर उनीहरु नेपाली हुन् होइनन् थाहा नभएको दुतावासले जानकारी दिएको छ । अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij