ई–आर्थिक, काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा भएको बस दुर्घटनामा चालकसहित तीन जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
सोलुखुम्बु–काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस बिहान करिब ४ बजे उक्त स्थानमा दुर्घटना भएको थियो । मे १ ख १८९१ नम्बरको उक्त बस दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
मृत्यू हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लालबहादुर धाँमी रहेको प्रहरीले जानकारी दिएको छ । घाइते ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
घाइते अन्यलाई पनि काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। सडकबाट करिब २० मिटर तल खसेको बस कसरी दुर्घटना भयो भन्ने कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।