२०८३ साउन १० आइतबार

सरकारले एनसीसीएन व्युत्याउने की नयाँ कम्पनी बनाउने ? मन्त्री महासेठ भन्छन्– ‘आगामी बर्षभित्र काठमाडौंलाई ‘नयाँ काठमाडौं’ बनाउछौं’

ई आर्थिक    बिहिबार, असार १९ २०७६
21K
Shares
सरकारले एनसीसीएन व्युत्याउने की नयाँ कम्पनी बनाउने ? मन्त्री महासेठ भन्छन्– ‘आगामी बर्षभित्र काठमाडौंलाई ‘नयाँ काठमाडौं’ बनाउछौं’

ई–आर्थिक, काठमाडौं । असारे विकासमा व्यापक भ्रटाचार भएको आलोचना खेपिरहेको सरकारले सरकारले आफ्नै निर्माण कम्पनी ल्याउने तयारी गरेको छ । यसअघि विघटन भइसकेको नेशनल कन्स्ट्रक्सन कम्पनी (एनसीसीएन) लिमिटेड व्युत्याउने की नयाँ कम्पनी जन्माउने भन्ने कुनै तयारी भइसकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास तथा प्रविधि समितिको बैठकमा सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताएका छन् ।

विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी गठनको तयारीमा रहेको महासेठले जानकारी दिए । एक साता भित्रै त्यसको बारेमा केही खाँका बनाउने । सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी निर्माण कम्पनीलाई पनि सँगै प्रोत्साहन गर्ने मन्त्री महासेठको भनाई छ ।

काठमाडौंलाई आगामी आर्थिक वर्षभित्र नयाँ काठमाडौं बनाउने उनले बताए । त्यसका लागि मन्त्रालयको तर्फबाट तीब्र गतिमा काम भइरहेको पनि उनले बताए । उनले विभिन्न ठाउँमा अन्डरपास र अन्डरवे निर्माणको प्रक्रिया अघि बढाएको बताए ।

कोटेश्वरमा सरकारले आफ्नै पैसाले कभर्र्ड अन्डरपास बनाउन लागेको पनि उनले बताए ।

कोटेश्वरमा ललितपुर, भक्तपुर र तीनकुने तीनैतिरबाट आउने सवारी साधन निर्वाध चल्न सक्ने गरी अन्डरपास बनाउने, महाराजगञ्ज, गौशाला चाबहिल र थापाथलीको सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न अन्डरपास, फ्लाई ओभर वा के बनाउँदा ठीक हुन्छ भनेर अध्ययन भइरहेको उनले सो समितिलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij