२०८३ साउन ९ शनिबार

पूँजी बजार विचलित भए सरकारले हस्तक्षेप गर्न सक्ने अर्थमन्त्रीको चेतावनी

ई आर्थिक    बुधबार, असार १८ २०७६
4.6K
Shares
पूँजी बजार विचलित भए सरकारले हस्तक्षेप गर्न सक्ने अर्थमन्त्रीको चेतावनी

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा सुरु भएको वित्तीय साक्षरतासम्बन्धि वृहत अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि बताए । नेपालमा पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको बताए।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा जोड दिएका छन् । ५० लाखभन्दा बढी युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तीय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाइ छ।

उनले महिलाहरु वित्तीय कारोवारमा संलग्ने हुने क्रम बढेकाले उनीहरुलाई साक्षर बनाउने काममा लगानी गर्नुपर्नेमा जोड दिए। अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न सचेत गराए ।

नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ सो २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij